रास्वपाको निर्वाचन तालिका पाँचौँ पटक संशोधन, दोस्रो चरणको मतदान आज राति ९:१५ बाट

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय निर्वाचन कार्यतालिकामा पाँचौँ पटक संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ ।
पार्टीको निर्वाचन आयोगले प्रवासबाहेकको पहिलो चरणको मतदान सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचनका लागि नयाँ कार्यतालिका ल्याएको हो ।
पहिलो चरणको निर्वाचनको परिणाम घोषणा गर्न बाँकी रहँदै पार्टीले दोस्रो चरणको प्रक्रिया अघि बढाएको छ । नयाँ तालिका अनुसार, दोस्रो चरणको मतदान आज राति ९:१५ बजेबाट सुरु हुनेछ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार, राति १:३० बजेसम्ममा पार्टीका पदाधिकारीहरूको मत परिणाम घोषणा गरिसक्ने लक्ष्य राखिएको छ ।
‘व्यवस्थित बनाउन संशोधन’
आन्तरिक प्रतिस्पर्धा र निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यले कार्यतालिकामा पटक–पटक संशोधन गरिएको पार्टीले जनाएको छ । यसअघि नै रास्वपाले ४ पटक निर्वाचन तालिका हेरफेर गरिसकेको थियो ।
रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बन्दसत्र स्थगित भएपछि निर्वाचन आयोगले डिजिटल माध्यमबाट मतदान गराउँदै आएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE