सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

रौतहटका जनतालाई अब उन्नती र प्रगतिको नयाँ उचाईतर्फ लैजाने ऋषि धमलाको प्रतिबद्धता

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

 

रौतहट, १५ फागुन
‘रौतहट चार धमलाका बार’ ‘हर घर मिले रोजगार’ भन्ने मुल नाराको साथ रौतहट क्षेत्र नम्बर ४ को लागी आम जनता पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषि धमला पत्रकार सम्मेलन गरी बिहीबार बाचापत्र सार्वजनिक गरेका छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरी उम्मेदवार धमलाले बाचापत्र सार्वजनिक गरेका हुन हो । बाचापत्र सार्वजनिक गदै उम्मेदवार धमलाले शिक्षामा पछि परेको रौतहटको शैक्षिक विकास पहिलो प्राथमिकतामा राखेको बताएका छन ।

गरिबीको कारण विचमा नै विद्यालय छाडनु पर्ने अवस्थाको अन्त्य गर्ने, विषयगत शिक्षकको अभावको अन्त्य र भौतिक संरचनाको अभावमा बहुकक्षाको सञ्चालनको बाध्यता तोडने, सामुदायिक विद्यालयलाई व्यवस्थित बनाएर बहुउपयोगी शिक्षाका लागि अहोरात्र खट्ने, विश्वव्यापीरुपमा चलेको सूचना तथा प्रविधिको अध्ययनका लागि आवश्यक वातावरण विद्यालयदेखि क्याम्पससम्म मिलाउने, मदरसा शिक्षालाई व्यवस्थित बनाउँदै रौतहटमा एउटा मुश्लिम विश्वविद्यालय खोेल्न आवश्यक पहल गर्ने बाचापत्रमा समेटेको उम्मेदवार धमलाले बताए ।

यस्तै रौतहटका जेहेन्दार र गरीब विद्याथीका लागि चिकित्सा, सूचना प्रविधि र व्यवसायिक शिक्षाको क्षेत्रमा उच्च अध्ययनका लागि छात्रवृत्तिका लागि मरिमेट्ने छु ।

बाचापत्रमा गरिबी अन्त्यको लागी हरेक पालिकामा रोजगारीका लागि बिभिन्न आयामको विकास गर्ने, आयमुलक कार्यक्रमहरु सञ्चालन गर्ने,व्यवसायिक कृषि खेतीदेखि महिला स्वरोजगारका कदमहरु घरघरमा सञ्चालन गर्ने, ‘हर घर मिले रोजगार’ नाराका साथ एउटा अभियान नै चलाउने,हरेक घरका गृहणी तथा महिलालाई सिपमुलक तालिम मात्र नभइ समुदायमा बसेर गर्न सकिने सामूहिक कार्यमा पनि प्रोत्साहन गर्ने,रोजगारीका लागि विदेश धाइरहनु पर्ने अवस्थाको अन्त्य गर्ने, उखुले मूल्य पाउने गरी चिनी मिलहरुसँग सम्बन्ध स्थापित गर्ने उल्लेख गरेको धमलाले जानकारी दिएका छन् ।

यस क्षेत्रमा साना ठूलो उद्योग कलकारखाना खोल्न बिभिन्न उद्योगी व्यवसायीलाई आग्रह गर्ने,स्टार्टअफ व्यवसाय गर्न चाहने युवाका लागि सरकारी अनुदान र सुलभ ऋणका लागि वित्तीय संस्थाहरुमा पहल गर्ने, बेरोजगारीको अन्त्य र गरिबीको विदाई आफ्नो प्रमुख प्राथमिकता हुने उनले बताए ।

यस क्षेत्रमा नेपालमा चर्चित अस्पतालहरुको सम्बन्ध जोडेर स्तरीय एवं सुविधायुक्त अस्पताल खोल्ने,हरेक पालिकामा रहेका स्वास्थ्य चौकीलाई प्रभावकारी र दक्ष जनशक्तिको व्यवस्था गर्ने समेत धमलाले बताएका छन ।

खानेपानीको अभाव हटाउन हरेक घरमा एक धारा कार्यक्रम लागू गरेर स्वच्छ पानी उपलब्ध गराउने प्रण गर्ने,आर्सेनिक पानी पिउनु पर्न बाध्यता हटाउने यसका लागि पानीका स्रोतहरुको सुरक्षा र परिचालनमा विशेष ध्यान धमलाले प्रतिबद्धता जनाएका छन ।

किसानले भोग्दै आएको सिंचाई समस्याको समाधान अर्को महत्वपूर्ण प्राथमिकता हुने उनको भनाइ थियो । सुनकोशी मरिन डाइभर्सन निमार्णाधीन अवस्थामा छ यस्को यथाशीघ्र सम्पन्नताका लागि सरकारको ढोका ढक्ढक्याउनेदेखि संघीय संसदमा पनि जोडदाररुपमा आवाज उठाउने, बागमती नदी र चाँदी खोलाको सिंचाई आयोजनालाई व्यवस्थित बनाएर किसानलाई चाहिएको बखत पानी उपलब्ध हुने व्यवस्था मिलाउने, जुनसुकै समयमा सिंचाई उपलब्ध गराएर खेतीपाती र फसल बढाउने तिर आफनो प्राथमिकता हुने हुने धमलाले बताए ।

मधेशको माटोको मलिलोपन जोगाउन र मधेशलाई मरुभूमिकरण हुनबाट रोक्न चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिने समेत उनको बाचापत्रमा उल्लेख गरिएको छ ।

रौतहटको धार्मिक, पौराणिक, ऐतिहासिक र पर्यटकीय स्थलको व्यवस्थित विकास गरी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन विशेष पहल गर्ने,.युवाहरुलाई राष्ट्रपति अनुशासित बनाएर खेलकुद मार्फत रौतहट र राष्ट्रको गौरव चुल्याउने, महिला फुटबलका लागि रौतहट उर्वर भूमि भएको हुदा यहाँका महिला फुटबलको थप विकाससहित योजनाबद्ध रुपमा काम गर्ने समेत धमलाले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x