काभ्रे माध्यमिक विद्यालय बनेपामा शैक्षिक प्रदर्शनी मेला भब्य


आइतबार ४ फागुन २०८१
बनेपा / काभ्रे माध्यमिक विद्यालय बनेपाले शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने बालबालिकाहरुले सिकाईलाई ब्यवहारमा तथा प्रयोगात्मक तरिकाले देखाउने उदेश्यले शैक्षिक प्रर्दशनीको आयोजना गरिएको प्रिन्सिपल कुमार मानन्धरले बताए । प्रिन्सिपल मानन्धरले विद्यार्थीहरुलाई ज्ञान, सीप र संस्कार आजको आवश्यकता रहेको बताए ।
विद्यालयले हरेक वर्ष विद्यार्थीहरुले पढेका कुरालाई ज्ञान र ब्यबहारमा उतारी सिकाईलाई प्रविधि मैत्री बनाईएको मानन्धरले बताए । पढेर भन्दा गरेर विद्यार्थीहरुले चाडो सिक्ने हुँदा शैक्षिक प्रर्दशनी गर्दे आइएको उनको भनाई थियो । विद्यालयको प्राङ्गढमा भएको प्रर्दशनीमा स्मार्ट सिटी, विज्ञान, गणित, सामाजिक, कला संस्कृती झल्किने ८० वटा स्टलहरु राखिएका थिए । शैक्षिक प्रर्दशनीको उद्घाटन विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाले गरेका थिए । अवाले समय सापेक्ष डिजिटल शिक्षामा अघि बढेर युग सुहाउँदो शिक्षा आर्जन गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन्
विद्यार्थीहरुलाई सादगी, सदाचारी बन्न अग्रह गर्दे अहिलेको शिक्षालाई संसारभर प्रतिस्पर्धा गर्न सक्ने खालको बनाउनु पर्ने अवाले बताए । अहिलेको टेक्नोलोजिले विश्वभरलाई सानो बनाएको भन्दै उनले संसारका गतिबिधि एकै छिनमा सबैले हेर्न र जान्न सक्ने बताए ।
प्रर्दशनीमा विद्यालय सञ्चालक समितिका सदस्यहरु, सहायक प्रन्सिपल केशब श्रेष्ठ, शिक्षकहरु, अभिभावकहरु, विद्यार्थी लगाएत १ हजार भन्दा बढीले अबलोकन गरेका थिए । काभ्रे माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ मा नर्सरी देखी कक्षा १२ सम्म १ हजार भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका सहायक प्रिन्सिपल केशब श्रेष्ठले बताए । २०६१ सालको एस एल सी परिक्षमा बोर्ड प्रथम, बोर्ड द्धियतिय, जिल्ला प्रथम हुदै आएको विद्यालयमा गुणस्तरीय र ब्यबहारिक शिक्षा प्रदान हुदै आएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE