शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, बिहीबार  शपथ लिने

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

 

बुधबार १० बैशाख २०८२

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ ।

शपथको समय भने तय नभएको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।

गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x