म्याजिक सिनेमा हलमा ‘बहौरिया (बुहारी)’ को विशेष शो, माघ २६ गते प्रदर्शन हुँदै

सोमबार १९ माघ २०८२
सुनसरी / थारु भाषा, कला र संस्कृतिलाई समेटेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘बहौरिया (बुहारी)’ को विशेष शो माघ महिनाको २६ वा २७ गते म्याजिक सिनेमा हलमा प्रदर्शन हुने भएको छ।
थारु चलचित्र क्षेत्रका महानायक, विशिष्ट कलाकार, निर्देशक तथा निर्माता आदरणीय परशुराम चौधरीको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रले थारु समुदायको जीवनशैली, संस्कार र सामाजिक यथार्थलाई गहिराइका साथ चित्रण गरेको छ। चलचित्र ‘बहौरिया’ थारु भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।
चलचित्र ‘बहौरिया’ अन्तर्गत समावेश गीतमा रेणु चौधरीको शब्द, विकास चौधरीको संगीत तथा लोकप्रिय गायिका सोनु कुश्मीको मधुर स्वर रहेको छ। गीतको संगीत संयोजन आमोश तामाङले गर्नुभएको हो।
चलचित्रमा मुख्य भूमिकामा वीर चौधरी र ममता चौधरी रहेका छन्। साथै, कैलालीकी चर्चित गायिका तथा मोडल संगिता चौधरीले यही चलचित्रमार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी छन्।
चलचित्रको द्वन्द निर्देशन देव महर्जनले गर्नुभएको छ भने गीत–संगीत पक्षमा विकास चौधरी र प्रबलदीप विश्वासको योगदान रहेको छ। श्रृङ्गारको जिम्मेवारी सोम मंग्रातीले सम्हाल्नुभएको छ भने सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी ज्ञान चन्द चौधरीले लिएका छन्।
निर्माण टिमले थारु भाषा, कला र संस्कृतिलाई माया गर्ने सम्पूर्ण दर्शकलाई विशेष शोमा उपस्थित भई चलचित्र ‘बहौरिया (बुहारी)’ लाई माया र साथ दिन आग्रह गरेको छ। यस सांगीतिक तथा सिनेम्याटिक कोसेलीलाई एकपटक हेरेर प्रतिक्रिया दिनसमेत दर्शकसँग अनुरोध गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE