बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

जनयुद्ध सिंगो नेपाली जनताको पर्व हो : विप्लव

  • 145
  •  
  •  
  •  
  •  
  •  
  •  
    145
    Shares
काठमाडौं /  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्ध सिंगो नेपाली जनताको पर्व भएको बताएका छन् । माओवादीले जनयुद्ध लडेकै कारण एक सय वर्ष अगाडि परिवर्तन सम्भव भएको र अहिले सबैले उपभोग गर्न पाएको विप्लवको टिप्पणी छ ।

जनयुद्धकै कारण मुलुक सामन्तवादको कब्जाबाट बाहिर आएको उनको भनाई छ । आज (बिहीबार) सल्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘जनयुद्ध कुनै पार्टीविरुद्ध गरेको विद्रोह होइन । सामन्तवादको विरुद्ध गरेको मुक्तियात्रा थियो । जनयुद्ध सिङ्गो नेपाली जनताको पर्व हो । कसैले बिर्सन नसक्ने ढुंगामा लेखिएको अक्षरभन्दा पनि गहिरो हो । जनयुद्धमा ल्याएको परिवर्तनलाई सबैले गर्व गर्न म आग्रह गर्न चाहन्छु ।’

उनले जनयुद्धलाई गलत ढङ्गले व्याख्या गरेकोमा आपत्ति जनाए । विप्लवले सामन्तवादको अन्त्य र गणतन्त्र स्थापना माओवादीले नै गरेको दाबी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x