शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

प्रतिनिधिसभा बैठक बस्दै: चार मन्त्रालयको बिनियोजन विधेयकमाथि छलफल

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

शुक्रबार ३२ जेठ २०८१

काठमाडौं/ प्रतिनिधि सभाको बैठक बिहान ११ बजे आज पनि बस्दै छ। सो बैठकमा बिनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

आज बस्ने बैठकमा विभिन्न चार मन्त्रालयका शीर्षकहरुमाथि छलफल हुने छ। जसमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेटमाथि छलफल हुने छ। त्यस्तै आज बिभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव समेत पेश गर्ने कार्यतालिका रहेको छ।
प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन्।
नागिना यादवले “विनियोजन विधेयक, २०८१ ख वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
तेजुलाल चौधरीले “विनियोजन विधेयक, २०८१अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।
मैना कार्कीले “विनियोजन विधेयक, २०८१ अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी रोशन कार्कीले “विनियोजन विधेयक, २०८१ अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छिन्।
राजेन्द्र बजगाइले “विनियोजन विधेयक, २०८१ अन्तर्गत सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
डा. धवलशमशेर जंगबहादुर राणाले “विनियोजन विधेयक, २०८१ अन्र्तगत सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x