शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

दशैंको टीका र आशीर्वाद थाप्न आज पनि जारी

Spread the love

 शुक्रबार १७ असोज २०८२

काठमाडौं / आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ।

नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ।

पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजन कहाँ पुगेर टिका र आशीर्वाद लिने गर्दछन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x