शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

”विद्रोह सफल बनाएर पनि फेरि पुरानै दलले सत्ता कब्जा गरे आन्दोलनको औचित्य हराउँछ,” : अध्यक्ष साह

  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

काठमाडौ / नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले संसद मात्र होइन, प्रदेश र स्थानीय सरकार पनि तत्काल विघटन गर्नुपर्ने धारणा राखेका छन्।

नेपाली जनता दलले आइतबार पत्रकार सम्मेलन मार्फत विज्ञप्ति जारी गर्दै भनेको छ “जेन्जी को विद्रोहले परिवर्तन सम्भव बनाएको छ। अब संसद विघटन गरेर मात्र हुँदैन, प्रदेश सभा र स्थानीय सरकार पनि तत्काल विघटन गरी सबै तहको निर्वाचन एकैपटक हुनुपर्छ। अन्यथा भ्रष्ट दल र तिनका नेताले यस आन्दोलनको मागलाई तुहाउनेछन्,”।

अध्यक्ष साहका अनुसार,जेन्जी विद्रोहलाई नेपालको राजनीतिको ऐतिहासिक मोड भएको बताउँदै अन्तरिम सरकार पनि जेन्जी कै नेतृत्वमा बन्नुपर्नेछ। उनले विद्यमान दलहरूले फेरि सत्ता कब्जा गर्ने हो भने जेन्जी आन्दोलनको औचित्य नै समाप्त हुने चेतावनी दिए।

भ्रष्ट दल र नेताले आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र रहेको भन्दै विज्ञप्तिमा पुराना दल र तिनका नेताहरूले विद्रोहको मागलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाइएको छ। साहले भने,”यदि सरकार र दलहरूले युवाको आवाजलाई सम्बोधन गरेनन् भने जनताले थप कठोर आन्दोलन गर्नेछन्।”

 

विज्ञप्तिमा पुराना दलहरूलाई “भ्रष्ट र असक्षम” भन्दै ती दलकै कारण जनता निराश भएको आरोप लगाइएको छ। आन्दोलनका क्रममा भएका हताहत र दमनप्रति आपत्ति जनाउँदै सुरक्षा संयन्त्र सुधार गर्नुपर्ने माग गरिएको छ।

विज्ञप्तिमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली (Full Proportional Election System) लागू गर्नुपर्ने, संविधान संशोधन गरेर युवालाई समेट्ने, भ्रष्टाचार उन्मूलन, र शासन प्रणालीलाई पारदर्शी बनाउनुपर्ने माग राखिएको छ।

विज्ञप्तिले देशभर स्वास्थ्य र शिक्षाको विकट अवस्था, युवाको पलायन, बेरोजगारी समस्या, र सांस्कृतिक क्षरणबारे चिन्ता व्यक्त गरेको छ। “देशको मौलिक संस्कृतिलाई विदेशी हस्तक्षेपबाट जोगाउन, शिक्षा–स्वास्थ्यलाई पहुँचयोग्य बनाउन र युवालाई स्वरोजगारमा जोड्नुपर्छ,” भन्ने अडान प्रस्तुत गरिएको छ।

नेपाली जनता दलले जेनजी आन्दोलनलाई मात्र होइन, आम नेपाली जनताको भविष्य सुरक्षित गर्ने नयाँ राजनीतिको आधार बनाउनुपर्नेमा जोड दिएको छ।

दुई पृष्ठ लामो १७ बुँदामा जारी विज्ञप्तिमा भनिएको छ,जेन्जी को विद्रोहले परिवर्तन सम्भव बनाएको छ, तर भ्रष्ट दल र तिनका नेताले यसलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेका छन्।

संसद मात्र होइन, प्रदेश र स्थानीय सरकार विघटन गरेर सबै तहको निर्वाचन एकैपटक हुनुपर्छ। अन्यथा विद्रोहको सार नै समाप्त हुन्छ।

 

विज्ञप्तिमा अन्तरिम सरकार पनि पुराना दल वा नेताको नभई जेन्जी युवाकै हातमा हुनुपर्ने माग गरिएको छ।”विद्रोह सफल बनाएर पनि फेरि पुरानै दलले सत्ता कब्जा गरे आन्दोलनको औचित्य हराउँछ,” अध्यक्ष साहले चेतावनी दिएका छन्।

 

विज्ञप्तिले काठमाडौंका मेयर बालेन साह लगायत युवापुस्ताको भूमिकाबारे समेत प्रसंग उठाएको छ। उनले युवाले देशको राजनीतिक नेतृत्व लिनुपर्ने तर त्यसलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्ने सुझाव दिएका छन्। साथै “Gen Z आन्दोलनलाई विफल पार्न विदेशी शक्तिहरू समेत सक्रिय हुन सक्ने सम्भावना रहेकोले सतर्क रहनुपर्छ,” भन्ने चेतावनी समेत दिइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x