शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

एमालेका विद्यार्थी नेताले बालेन र सुदनविरुद्ध दिए जाहेरी

  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

मङ्गलबार २१ असोज २०८२

काठमाडौं / नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । अनेरास्ववियुका नेताहरुले दिएको जाहेरी प्रहरीले बुझेको र दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र निर्णय लिइने बताइएको छ ।

एमालेनिकट विद्यार्थी संगठनका नेताहरुले जाहेरीामा सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्यामा मेयर बालेन र हामी नेपालका संस्थापक सुदनलाई आरोपित बनाएका छन् ।

यसअघि आज नै मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी बुझाएका थिए । उक्त जाहेरी पनि बुझेर प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x