शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै प्रसाईँविरुद्ध मुद्दा दायर

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares
बुधबार २६ मंसिर २०८१
काठमाडौं / पटक पटक विवादमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै प्रसाईँविरुद्ध मुद्दा दायर गरेको हो।

नेपाल प्रहरीको साईबर व्यूरोको रायसहितको प्रतिवेदनको आधारमा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो। प्रसाईँ अहिले पनि प्रहरी हिरासतमा छन्। कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भनी फेक भिडियो बनाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

यसअघि पनि साइबर क्राइममा पक्राउ परेका प्रसाईँ एक लाख धरौटीमा रिहा भएका थिए। प्रसाईँले निरन्तर रुपमा दलका शीर्ष नेताहरुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x