आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

तेस्रो सुरुङ्गा मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८२ माघ २४ गतेदेखि सुरु हुँदै

  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

आइतबार १८ माघ २०८२
सप्तरी / स्पोर्ट्स एकेडेमी कुशहाको आयोजनामा तेस्रो सुरुङ्गा मेयर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ यही मिति २०८२ माघ २४ गतेदेखि सञ्चालन हुने भएको छ। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता सुरुङ्गा नगरपालिका–५, कुशहा स्थित श्री स्पोर्ट्स एकेडेमी कुशहाको खेल मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका प्रतिष्ठित फुटबल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। समूह ‘क’ र समूह ‘ख’ मा विभाजन गरी लिग तथा नकआउट प्रणालीमा खेलहरू सञ्चालन गरिनेछन्। प्रतियोगिताअन्तर्गत रोमाञ्चक प्रतिस्पर्धा, अनुशासित खेल र खेलाडीहरूको उत्कृष्ट प्रदर्शन हेर्न पाइने अपेक्षा गरिएको छ।


आयोजक स्पोर्ट्स एकेडेमी कुशहाले प्रतियोगिताको शोभा बढाइदिन तथा खेलको भरपुर आनन्द लिन सम्पूर्ण फुटबलप्रेमी दर्शक महानुभाव, बुद्धिजीवी, खेलकर्मी तथा पत्रकारहरूलाई हार्दिक आमन्त्रण गरेको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान र स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यसहित आयोजना गरिएको यो प्रतियोगिता क्षेत्रकै आकर्षक खेलकुद कार्यक्रम बन्ने विश्वास आयोजकको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x