सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

बाराको चारवटै क्षेत्रमा मोबाइल छापका उम्मेदवार बिजयी हुने : आजपा उम्मेदवार कुशवाहा

  • 105
  •  
  •  
  •  
  •  
  •  
  •  
    105
    Shares

 

कलैया, ९ फागुन
आम जनता पार्टी (आजपा) का नेता एवं बारा–४ का उम्मेदवार उमेश कुशवाहाले यसपटक बाराको चार वटै क्षेत्रमा मोबाइल छापका उम्मेदवार बिजयी हुने बताएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घरदैलो, भेला, भेटघाट एवं छलफललाई तिब्रता दिएका उनले बाराली मतदाता मोबाइलमा मतदान गर्न तयार रहेको बताए ।

बाराको बसडिलवा, फुलवरिया, बतरा सहितका गाउँमा कुशवाहाले घरदैलो गर्दै यसपटक मोबाइलमा मतदान गर्न अपिल गरेका छन् । बाराको समग्र विकासका लागि मोबाइल छापका उम्मेदवारलाई मतदान गरेर बिजयी बनाउन उनले आग्रह गरेका छन् ।

बाराको पहिचान, सम्मान, समृद्धि, र श्रेष्ठताका लागी आफूले संघर्ष गर्दै आएको बताउदै उनले यसपटकको निर्वाचनमा मोबाइल छापमा मतदान गर्न अपिल गरे ।

‘बाराका न्यायप्रेमी, सचेत र स्वाभिमानी जनताले भ्रष्टाचार, ठगी र बेइमानी विरुद्ध सुशासन, बदलाव र विकासको पक्षमा बाराको पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि मोबाईल छापमा मतदान गरी आम जनताको शक्ति स्थापित गर्नुहुनेछ । आम जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो । वचन पूरा गर्नु नै मेरो राजनीतिक संस्कार र दायित्व हो,’ कुशवाहाले भने ।

‘सिस्टम सुधार, स्थिर सरकार ! मोबाइल नै हो बदलावको आधार’, स्थिरता, सुशासन र विकासका लागि मोबाइलमा मतदान, जनउत्तरदायी लोकतान्त्रिक अभ्यास र दलतन्त्र बिरुद्ध आम जनताको सरकारका लागि यसपटक मोबाइलमा मतदान गर्नका लागि आम मतदाता तयार रहेको उनले बताए ।

दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैलाई मोवाईलमा मतदान गर्न समेत उनले अपिल गरेका छन् ।

स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार र बाराको पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि आफूले बारा–२ बाट उम्मेदवारी दिएको उनले जनाएका छन् ।

आम जनताको शासन भ्रष्टाचार मुक्त प्रशासन, सुशासनको आधार पारदर्शी एंव जनउत्तरदायी सरकार, वितीय शोषणको अन्त्य, पीडÞितलाई न्याय, शून्य कर नीति, उत्पादनमा वृद्धि, फराकिलो बाटो, न खाल्डाखुल्डी, न धुलोमाटो, घर घरमा नाला, बस्ती बस्तीमा ढल, मजबूत ऊर्जा पूर्वाधार सहित निःशुल्क विद्युत, बिपत्तिमा राहत, बाली बिमा, प्राकृतिक प्रकोप राज्यको जिम्मा, सीसी क्यामेरा टोलमा, बिजुली बत्ती पोलमा लगायतका लक्ष्य सहित यादव चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x