शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

देशैभर चाडबाड लक्षित गरी यस बर्ष ६० हजार प्रहरी परिचालित हुने

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौं / नेपालीहरूको चाडबाड नजिकिएसँगै यस वर्ष देशभरमा ६० हजारभन्दा बढी प्रहरी दशैं लक्षित सुरक्षा योजनामा परिचालित हुने भएका छन् ।

चाडबाड नजिकिएसँगै प्रहरीले चाडबाडलाई सुरक्षित बनाउन मुलुकभरका प्रहरीलाई चौबिसै घण्टा हाई अर्लटमा राखेको छ।

प्रहरीले सुरक्षित रूपमा जनताले आफ्ना चाडबाड मनाउन पाउन् भन्ने हेतुले भदौ ३० गते नै राजधानी उपत्यकालगायत ७७ जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको छ ।

सबै जिल्ला प्रहरी कार्यालयलाई दशैं लक्षित सुरक्षा योजना बनाउन प्रधान कार्यालयले निर्देशन दिएको र सोहीअनुरूप सबै जिल्ला प्रहरी कार्यालयले दशंै तिहार, छठ, नेपाल संवतका लागि सुरक्षा योजना बनाइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस वर्षको चाडबाडलाई सुरक्षित रूपमा सम्पन्न गराउनका लागि देशभर रहेका प्रहरी कर्मचारीलाई किरिया बिदा, सुत्केरी बिदा र अत्यावश्यक बिदाबाहेक अन्य बिदा कटौती गरिएको उहाँले बताउनुभयो ।

दशैं सुरक्षा योजनाअन्र्तगत प्रहरीले सुरक्षा योजना, बजार अनुगमन, बजार व्यवस्थापन, दुर्घटना न्यूनीकरण, नागरिक सहयता कक्ष, अन्तर्राष्ट्रिय बोर्डरको अनुगमन, भीड नियन्त्रण, कालोबजारी रोक्न अनुगमन, जबरजस्ती चन्दा असुली विरुद्धको अपरेसनलगायतका काममा प्रहरीले योजना बनाएर अघि बढेको पनि उहाँले जानकारी दिनुभयो ।

खास गरी राजधानी काठमाडौंलगायतका ठूला सहरमा रहेका मानिसहरू चाडबाड मनाउन आफ्नै थातथलोमा जाने हुँदा गाउँ भरिने र शहर रित्तिने भएकाले लुटपाट र डकैती गर्ने गिरोहहरू सक्रिय हुने भएकाले चाडबाडमा शहरलाई समेत सुरक्षित राख्नकालागि नागरिकलाई सचेत गराउने र घर छोडेर जांदा ढोका तथा झ्ुयाल राम्रोसंग लगाउने बहुमूल्य बस्तुहरूलाई आफुसगै लैैजान पनि प्रहरीले आग्रह गरेको छ।

नागरिकको भरोसायोग्य संगठनको रूपमा रहेको नेपाल प्रहरीले सुरक्षित नेपाल भन्ने अभियानलाई कार्यान्वयनमा लैजान सबै प्रहरी युनिटलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको डीआईजी कार्कीले जानकारी दिनुभयो।

उहाँले विगतका चाडपर्वमा भएको सुरक्षा कमी कमजोरीलाई ध्यानमा राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दशैँ तिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिएको जानकारी दिनुभयो ।

चाडबाडमा हत्या, अपहरण, चोरी, ठगी, महिला हिंसा, कुटपिट, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिराको बिक्रीवितरण, आगजनी, विस्फोटक पदार्थ ओसारपसार, तस्करी, ट्राफिक नियम उल्लंघनजस्ता घटना हुन सक्ने भएकाले त्यसको न्यूनीकरणका लागि चाडपर्व लक्षित सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको पनि उहाँले जानकारी दिनुभयो।

यसै सन्र्दभमा मंगलबार निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन देशभरका प्रहरी युनिटलाई निर्देशन दिनु भएको छ। उहाँले विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न एवम् आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणको लागि थप सक्रिय भई कार्य गर्न निर्देशन दिनुभएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x