शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

खानेपानी महशुल वृद्धि फिर्ता गर्न साम्पाङ सहमत

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

सोमबार २८ साउन २०८१
धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर हर्कराज राई (साम्पाङ) खानेपानी महशुल वृद्धिको निर्णय फिर्ता लिन सहमत भएका छन्।

धरानका १० राजनीतिक दलको संयुक्त संघर्ष समितिसँग गए राति भएको छललफपछि मेयर साम्पाङले सहमति जनाएका हुन्। उनले राजनीतिक दलसँग तीन बुँदे सहमति गरेका छन्।

खानेपानी महशुलको पुरानो दर यथावत राखेर पुर्नविचार गर्ने सहमति भएको छ। सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘खानेपानी महशुल वृद्धिबारे खानेपानी तथा सेवा महशुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआइन्जेलसम्म पुरानो दर महशुल यथावत राखी पुर्नविचार गर्ने निर्णय गरियो।’

त्यस्तै, खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिनुपर्ने दलको मागबारे उच्च अदालतको आदेशपछि निर्णय गर्ने सहमति भएको छ। यस विवादमा उच्च अदालत मुद्दा विचाराधीन छ।

यससँगै खानेपानी बोर्डको आय व्यय विवरण सात दिनभित्र सार्वजनिक गर्ने निर्णय भएको वार्तामा सहभागी नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले बताए। मेयर साम्पाङ निवाचित भएयताका दुई वर्षको आय व्यय सार्वजनिक गर्ने सहमति भएको हो।

वार्तामा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघा, कांग्रेसका सभापति श्याम पोख्रेल, एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा (माओवादी केन्द्र)का इञ्चार्ज चोत्लुङ, जसपा उपाध्यक्ष सुमन चेम्जोङ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रेवतीरमण राई, राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुरबहादुर कार्की, राप्रपाका विनोद कोइराला, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सहसचिव अमर इजम, संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहन तिगेला, राष्ट्रिय साझा पार्टीका केन्द्रीय अध्यक्ष भुपी कोयु सहभागी भएका थिए।

यस्तै, धरान-१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई, वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेल पनि सहभागी थिए। (हिमालखबरबाट )

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x