शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आजदेखि आईटी आर्मीले वैदेशिक रोजगार बिभाग घेराउ गर्ने

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

आइतबार ३ असार २०८१

काठमाडौं / आम जनता पार्टी (आजपा)  निकटको आईटी आर्मीले वैदेशिक बिभाग आजदेखि घेराउ गर्नेभएको छ ।रोजगार  रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग ११ बजे घेराउ गर्दैछ ।

आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नमाग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री-भिसा फ्री-टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x