त्रिवि क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न अल्टिमेटम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिवि क्रिकेट रगंशाला खाली गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई ३५ दिने अल्टिमेटम दिएको छ।
अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना जारी गरेकोमा सो अन्तर्गत क्रिकेट रगंशाला पनि परेको छ।
त्रिवि–क्यान सम्झौता यही वैशाख अन्तिममा सकिँदै गर्दा त्रिवि रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले क्यानलाई ३५ दिने सूचना काटेको हो।
अतिक्रमित जग्गा फिर्ता ल्याउन सबै निकायलाई त्रिविले छुट्टाछुट्टै पत्र काटेको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले त्रिविको पत्र प्राप्त नभएको बताए।
क्यानको बोर्ड बैठकले भने त्रिविसँग नवीकरण गर्न पत्रचार गर्ने निर्णय गरेको छ। source dcnepal
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE