काठमाडौँ / आन्दोलनकारी शिक्षकले आइतबार निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको छ। जवाफमा शिक्षकहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा २६ दिनदेखि जारी आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरवितर पारेको हो। शिक्षा ऐनको माग राख्दै माइतीघरबाट भेला भएका शिक्षकहरूको प्रदर्शनले स्थिति तनावपूर्ण भएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE