शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

सिरहा–२ बाट आम जनता पार्टीका उम्मेदवार बिल्टु यादव चुनावी मैदानमा

  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares

बिहीबार १५ माघ २०८२

सिरहा / आम जनता पार्टीका तर्फबाट बिल्टु यादव सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्। स्वदेशमै रोजगारी, जनताको अधिकार, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य एजेन्डा बनाएर यादव चुनावी मैदानमा उत्रिएका हुन्।
उम्मेदवार यादवले वैदेशिक रोजगारीका नाममा युवाहरू विदेशिन बाध्य हुनु मुलुकको ठूलो समस्या भएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति आवश्यक रहेको बताएका छन्। उनले दलाल र बिचौलियाको चलखेल अन्त्य गर्दै श्रमिक तथा युवाको हक–अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
भ्रष्टाचारविरुद्ध कडा अभियान चलाउने अठोट व्यक्त गर्दै यादवले जनताको मतबाट मात्र वास्तविक परिवर्तन सम्भव हुने बताए। उनले आम मतदातालाई ‘मोबाइल छाप’मा मतदान गरी दलालतन्त्रको विकल्प रोज्न आग्रह गरेका छन्।
आम जनता पार्टीले सिरहा–२ मा परिवर्तनकामी, जनमुखी र इमानदार नेतृत्वका रूपमा बिल्टु यादवलाई अघि सारेको जनाएको छ। स्थानीय विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका सवाल संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता उम्मेदवार यादवले व्यक्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x