शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सप्तरीमा जिल्लास्तरीय सामा चकेवा महोत्सव हुँदै 

Spread the love

 

बुधबार २१ कार्तिक २०८१

सप्तरी / थारु कल्याणकारीणि सभा सप्तरी जिल्लाको आयोजनामा  तथा थारु कल्याणकारीणि सभा बोदे बर्साइन नगरपालिकाको सह आयोजनामा जिल्ला स्तरिय सामा चकेवा महोत्सव हुने भएको छ।
आउदो मंसिर १ गते शनिबार मा.बि. नेगंडा बोदे बर्साईन -२ मा  हुने महोत्सवमा सहभागी हुन आयोजकले  सबैमा उपस्थितिको लागि अनुरोध समेत गरेको छ।
सामा चकेवा पर्व मिथिला क्षेत्रका खासगरी थारू, मधेसी, र मैथिली समुदायका महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हो। यो पर्वमा विशेष गरी दिदीबहिनीहरू आफ्नो भाइहरूको लामो आयु र सफलताको कामना गर्दै पुजा गर्छन्। सामा चकेवाको मूर्ति बनाएर, तिनलाई सजाएर गीत गाउँदै पूजा गरिन्छ। यो पर्व विशेष गरी कार्तिक महिनाको पूर्णिमाको दिन जल प्रवाह गरिने चलन छ।
सामा चकेवा दिदीबहिनी र भाइहरूबीचको प्रेमको प्रतीक हो, जसमा महिलाहरूले आफ्नो भाइहरूको खुसी र समृद्धिको कामना गर्दछन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x