बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

दुर्गा प्रसाईंलाई आइतबारपछि थुनामा नराख्न सर्वोच्चको आदेश

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौँ / सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई आइतबारपछि थुनामा नराख्न आदेश दिएको छ। अदालतले अनुसन्धान जारी राख्न सकिने भए पनि हिरासतमा राखेर म्याद थप नगर्न सरकारका नाममा परमादेश जारी गरेको हो।

न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै यस्तो आदेश दिएको हो।

प्रसाईंलाई वीरगञ्जको होटल सिद्धार्थ दियालोमा आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिका आधारमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा जेठ ४ गते पक्राउ गरिएको थियो। हाल उनलाई पर्सा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यसअघि पर्सा जिल्ला अदालतले पहिलो पटक तीन दिन र दोस्रो पटक चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। तर सर्वोच्चले प्रसाईं घाँटीको क्यान्सरबाट पीडित भई नियमित उपचार र चिकित्सकीय निगरानीमा रहनुपर्ने अवस्था रहेको उल्लेख गर्दै अब थप हिरासत आवश्यक नदेखिएको जनाएको छ।

अदालतले प्रसाईं भाग्ने सम्भावना पनि नरहेको ठहर गर्दै दोस्रो पटक थपिएको म्यादभित्र अनुसन्धान सकेर कानुनी प्रक्रिया अघि बढाउन, अन्यथा बाहिर राखेर अनुसन्धान जारी राख्न आदेश दिएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x