शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

उपत्यकामा थारु महिला समाजद्वारा “समा–चकेवा पर्व” सम्पन्न (फोटो फिचर सहित)

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

 

शनिबार २३ कार्तिक २०८२

काठमाडौ / थारु महिला समाज नेपाल, उपत्यका समिति काठमाडौद्वारा आयोजना गरेको “समा- चकेवा पर्व २०८२” शनिबार भव्य रुपले मनाएका छन ।
थारु समुदायको सांस्कृतिक एवं धार्मिक परम्परासँग जोडिएको पर्व “समा-चकेवा” काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारू समुदायले समाचकेवा पर्व मनाउदै आएका छन् । शनिबार थारू महिला समाज उपत्यका समितिले काठमाडौंको पर्यटन बोर्डमा आयोजना गरेको ‘समाचकेवा पर्व २०८२’मा थारु समुदायका महिला भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् ।

थारू समुदायका दिदी-बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारू महिला समाज, उपत्यका समितिकी अध्‍यक्ष सुशीला चौधरीले बताइन् ।
‘हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका छौं,’ उनले भनिन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x