शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

शुक्रबार ६ चैत २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेका छौं । सकेसम भइरहेको छ,’ अनलाइनखबरसँगको कुराकान
उनका अनुसार यसक्रममा के मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ । ‘मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो लागिसकेको छैन । तर हामी सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा छौं,’ उनले भने ।

महामन्त्री बुर्लाकोटीका अनुसार यही चैत १३ गते रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणकै बेला सबै मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिए ।

उनका अनुसार विधान संशोधन नगरेरै बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । बालेन प्रधानमन्त्री बनाउने गरी राजनीतिक निर्णय भएको जनाउँदै उनले संसदीय दलको नेता चयनका लागि विधान संशोधन गर्न आवश्यक नभएको जिकिर गरे ।

रास्वपा र काठमाडौंका तत्कालीन मेयर पक्षसँग पुस १३ गते एकता हुँदा भावी प्रधानमन्त्री शाहलाई बनाउने सहमति बनेको थियो ।

महामन्त्री बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीको शपथ ग्रहणपछि पार्टीको संसदीय दलको बैठक बोलाउने तयारी भइरहेको छ । तर त्यस बैठकमा दलको नेता बाहेक अन्य विषयमा छलफल हुने उनले बताए ।स्रोत अनलाइनखबर

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x