शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आज साउने सङ्क्रान्ति : लुतो फाल्दै शिवपूजासहित देशभर पर्व मनाइँदै

Spread the love

बिहिवार १ साउन २०८२

काठमाडौ / सौरमासअनुसार साउन १ गते पर्ने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, आफन्त जमघट र धार्मिक विधिसहित मनाइँदैछ। सूर्यको कर्कट राशिमा प्रवेशसँगै दक्षिणायन सुरु हुने भएकाले यो दिनलाई विशेष पर्वका रूपमा लिइन्छ।

धर्मशास्त्रविद् डा. देवमणि भट्टराईका अनुसार असार महिनाभर खेतीपातीमा व्यस्त हुने किसान साउन १ मा विश्राम लिँदै लुतो फाल्ने परम्परा छ । कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने, औषधियुक्त वनस्पति जस्तै कागभलायो, लुतेझार आदि राख्ने चलन छ।

यस दिन नाङ्लो ठटाउने, शङ्ख फुक्ने, ढोका बन्द गर्ने जस्ता परम्परागत कार्य गरिन्छ। साउन महिनालाई भगवान् शिवको पूजा गर्ने विशेष महिना मानिन्छ। महिलाहरू हरियो चुरा र पहिरनमा सजिएर प्रकृतिसँगको सम्बन्ध झल्काउने गर्दछन्।सभार न्युज अफ नेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x