शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सप्तरी समसेरपुर मतदान केन्द्रमा निषेधाज्ञा सूचना टाँस, स्थल निर्माण सम्पन्न

Spread the love


बुधबार, २० फागुन २०८२
सप्तरी /  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरी क्षेत्र नम्बर–४ अन्तर्गत समसेरपुरस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय समसेर पुरमा स्थापना गरिएको मतदान केन्द्रमा मतदान स्थल निर्माण कार्य सम्पन्न भएको छ।
मतदान अधिकृत युगेश्वर यादवका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरिएको छ। मतदान केन्द्र परिसरमा प्रचार–प्रसार गर्न निषेध गरिएको सूचना तथा मतदान केन्द्र वरिपरि हातहतियार लिएर हिँड्न रोक लगाइएको सम्बन्धी सूचना ४८ घण्टा अगावै टाँसिसकिएको छ।
सूचनामा निर्वाचन अवधिभर कुनै पनि उम्मेदवार वा दलको पक्ष–विपक्षमा सभा, जुलुस, नारा–जुलुस तथा प्रचार–प्रसार गर्न नपाइने उल्लेख गरिएको छ। यस्तै, मतदान केन्द्र र वरिपरि हातहतियार, विस्फोटक पदार्थ वा अन्य निषेधित सामग्री ल्याए कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
“निर्वाचन आचारसंहिता पालना गराउन आवश्यक चार–पाँच वटा मुचुल्का टाँसिसकेका छौँ। सर्वदलीय बैठक पनि सम्पन्न भइसकेको छ,” मतदान अधिकृत यादवले बताए।
मतदान केन्द्रमा बुथ निर्माण कार्य सम्पन्न भइसकेको र अब भोलिको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x