बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

शिक्षक र कर्मचारीलाई दलको सदस्यता त्याग्न निर्देशन

  • 124
  •  
  •  
  •  
  •  
  •  
  •  
    124
    Shares

sharethis sharing button

सल्यान / यहाँ  कपुरकोट गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक सूचना निकालेर सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको हो ।

कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार ओलीले  शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न आव्हान गरिएको बताउनुभयो । उहाँका अनुसार १५ दिनभित्र सदस्यता त्यागेको स्वघोषणा नगरे राजनीतिक दलको सदस्यता लिएको प्रमाण भेटिए कानुन बमोजिम कारबाही हुने गरिने छ ।

गाउँपालिकाको गत वैशाख २४ गते बसको शिक्षा समितिको बैठकले शिक्षा तथा सेवा प्रवाहलाई मर्यादित बनाउन शिक्षक तथा कर्मचारीले १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्यागेको घोषणा गर्नुपर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार १५ दिन भित्र सदस्यता त्याग नगरे र कसैले प्रमाण सहित उजुरी गरे कारबाही गरिने छ ।

यसअघि शिक्षा मन्त्रालयले शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने कानुन कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गर्दै सबै शिक्षकलाई दलको सदस्यता लिएको भए त्याग्न निर्देशन दिएको छ । गोरखापत्र अनलाइनबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x