मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

मत परिणाम स्वीकार्छौँ, तर पुरानो संसद् फर्काउने चलखेल मान्य हुँदैन : रवि लामिछाने

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

मङ्गलबार २० माघ २०८२
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनको मत परिणाम स्वीकार गर्ने स्पष्ट गर्दै जनविद्रोहबाट विस्थापित भइसकेको पुरानो संसद् पुनःस्थापना गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले देश लामो समयदेखि भ्रष्टाचार, कुशासन र बिचौलियाको नियन्त्रणमा परेको आरोप लगाएका छन्। अब त्यस अवस्थाविरुद्ध निर्णायक संघर्षको तयारी भइरहेको उल्लेख गर्दै उनले यसलाई ‘अन्तिम सुनामी’को संज्ञा दिएका छन्।
“जो–जो मिल्नु छ, खुला होस् वा गोप्य, जस्तोसुकै गठबन्धन गर। अन्तिम शक्ति लगाऊ,” भन्दै लामिछानेले पुराना राजनीतिक शक्तिहरूप्रति कडा चुनौती दिएका छन्।
फागुन २१ लाई नेपाली राजनीतिक इतिहासको एउटा निर्णायक मोडका रूपमा चित्रण गर्दै उनले त्यसपछि बन्ने संसद् अनिवार्य रूपमा नयाँ हुनुपर्ने जिकिर गरेका छन्। “सर्प त एउटा पनि पाल्न सकिँदैन,” भन्दै उनले पुरानो राजनीतिक संरचना र प्रवृत्तिप्रति तीखो टिप्पणी गरेका छन्।
देश केही सीमित बिचौलियाको मुठ्ठीमा कैद भएको दाबी गर्दै लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मेवारी प्रत्यक्ष रूपमा जनताको हातमा पुगेको बताएका छन्। मतपत्रमार्फत सुशासन, विकास र नयाँ राजनीतिक युगको सुरुवात गरिने उनको भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x