शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

टी–२० विश्वकपमा आज तीन खेल, नेपाल इटालीसँग भिड्दै

Spread the love

काठमाडौं, २९ माघ २०८२
भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत आज बिहीबार तीन खेल हुँदैछन्। समूह चरणका प्रतिस्पर्धा तीव्र बन्दै जाँदा आजका खेलहरू अंक तालिकाको समीकरणका लागि महत्वपूर्ण मानिएका छन्।
आज बिहान ११ः१५ बजे ओमानले सह–आयोजक श्रीलंकासँग पलिकेलीमा प्रतिस्पर्धा गर्नेछ। दिउँसो ३ः१५ बजे नेपालले मुम्बईमा इटालीसँग खेल्ने तालिका छ। साँझ ७ः१५ बजे नामिबियाले दिल्लीमा सह–आयोजक भारतको सामना गर्नेछ।
नेपालका लागि आजको खेल विशेष महत्वको छ। समूह ‘सी’ मा हालसम्म अंक जोड्न नसकेको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रनेछ।
अंक तालिकाको अवस्था
समूह ‘ए’ मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छ। एक खेल कम खेलेको भारत २ अंकसहित दोस्रो स्थानमा रहेको छ भने नेदरल्यान्ड्स २ अंकसहित तेस्रो स्थानमा छ। नामिबिया र अमेरिका अंकविहीन छन्।
समूह ‘बी’ मा अस्ट्रेलिया, जिम्बाब्वे र श्रीलंका समान एक–एक जितसहित क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। आयरल्यान्ड र ओमानले अंक जोड्न सकेका छैनन्।
समूह ‘सी’ मा वेस्ट इन्डिज शतप्रतिशत नतिजासहित ४ अंक जोड्दै शीर्ष स्थानमा छ। स्कटल्यान्ड र इंग्ल्यान्ड दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र इटाली अंकविहीन अवस्थामा क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।
समूह ‘डी’ मा न्युजिल्यान्ड र दक्षिण अफ्रिका समान ४/४ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। अफगानिस्तान, यूएई र क्यानडा अंकविहीन छन्।
समूह चरणको प्रतिस्पर्धा निर्णायक बन्दै गइरहेका बेला आजका खेलहरूले थप रोमाञ्चकता थप्ने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x