सुनसरीको थप तीन पालिकामा कर्फ्यू आदेश


बिहीबार भुटाहामा फरक समुदायका युवाहरूबीच झडप भएको थियो । झडपमा घाइते भएका जीवन मेहताको धरानमा उपचार भइरहेको छ । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा सुनसरी प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।
जिल्लाको भुटाहामा दुई समूहबीचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने अनुमानका बीच अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
प्रदर्शनका क्रममा युवाहरुले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थिति असहज बनेको विश्लेषण प्रशासनको छ । सोही कारण युवाहरुमाथि आक्रमण भएको बुझिएको छ । प्रदर्शनमा बाहिरी जिल्लाबाट समेत मानिसहरु सहभागी हुन थालेको बुझाइ प्रशासनको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE