सिन्धुपाल्चोकमा रास्वपामा २९८ जनाको प्रवेश

आइतबार १७ फागुन २०८२
सिन्धुपाल्चोक / फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन आउन अब चार दिन मात्र बाँकी रहँदा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको लहर देखिएको छ।
भोटेकोसी गाउँपालिकाको दुगुनागढी क्षेत्रबाट एकैदिन २९८ जना विभिन्न दल परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्। यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रभाव क्षेत्र मानिँदै आएको उक्त स्थानमा ठूलो संख्यामा भएको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
रास्वपाका उम्मेदवार भरत प्रसाद पराजुली ले टिकट पाएसँगै स्थानीय तहमा उत्साह थपिएको बताइएको छ। प्रवेश कार्यक्रममा पराजुली र समानुपातिक उम्मेदवार प्रमोद न्यौपाने ले नवप्रवेशीहरूलाई टीका तथा खादा लगाएर स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्ने अधिकांशको एउटै धारणा थियो— “हामीले कांग्रेस, एमाले र माओवादी सबैलाई हेरेौँ र भोग्यौँ, तर सन्तुष्ट हुन सकेनौँ। अहिले नयाँ शक्तिका रूपमा रास्वपालाई हेरिरहेका छौँ, मतदान गर्न उत्साहित छौँ र पूर्ण रूपमा आशावादी पनि छौँ।”
निर्वाचन मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोकमा दलहरूबीच प्रतिस्पर्धा झन् चर्किँदै गएको देखिन्छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE