सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

प्राकृतिक बिपत्तिका पिडितरुको तत्काल उद्दार गर्न सरकारलाई  नेकपा संयुक्तको माग

  • 86
  •  
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares

 

मङ्गलबार,१५ असोज २०८१
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी संयुक्तले बिगत केही दिनको अविरल बर्षाले करिब २ सय भन्दा बढिको ज्यान गएको साथै ठूलो मात्रामा जनधनको क्षती भएको भन्दै तत्काल उद्दार राहतमा  जुट्न सरकारलाई  आग्रह गरेको छ। सो पार्टीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सडकमा गएको  पहिरोका कारण टाढा टाढा यात्रा गरेका धेरै यात्रुहरुको बिच बाटोमै  बिचल्ली भएको र कतिपयको घर बास उठेको भन्दै तत्काल बिग्रीएको भौतिक संरचना पुनर्निर्माण गरेर जनतालाई सहज बाताबरण बनाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ।

यस विपतको घडीमा  ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली  अर्पण गर्दै शोकसंतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै हराइरहेकाहरुको तदारुकताका साथ खोजी कार्य गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न, उठिवास भएकाहरुको समुचित वैकल्पिक व्यवस्था गर्न र चाडबाडको मुखमा एक छाक टार्न धौधौ  भएकाहरुलाई व्यवस्था गर्न सरकारसित जोडदार माग गरिएको महासचिव केदार चन्द्र शर्माद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x