शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

मुस्लिम महिलाका बिरुद्धमा आपतीजनक अभिव्यक्ति दिएपछि मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरीले विरोध गर्दै फिर्ता लिन माग

Spread the love

बिहिवार ११ मंसिर २०८२

काठमाडौं / आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरीले मुस्लिम महिलाका बिरुद्धमा प्रधाानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिको कडा रुपमा आपती जनाउदै फिर्ता लिन माग गरेका छन् ।

राजधानीमा आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै आम मुस्लिम मोर्चाका अध्यक्ष मंसुरीले प्रधान न्यायाधीश भइसकेको र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका एक महिलाले मुस्लिम महिलाको बिरुद्धमा दिएको अभिव्यक्ति आपतीजनक भएको र उनले फिर्ता लिनुपर्ने बताए ।

गत ९ मंसिरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले ‘मुसलमानहरूको प्रवृत्ति–व्यवहार हेर्दा यति अन्यायपूर्ण देखिन्छ–जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको छ । कतिमा उद्धार पनि छ,’ भनेकी छन् ।

पहिलेको अरेबियनकालका मुस्लिम देशहरू हेर्नुहुन्छ भने सुडान इजिप्टमा महिलाहरू डाक्टर भएका पनि छन्, महिलाहरू सम्पत्तिमा बलिया । हिन्दु धर्ममा पनि त्यही भन्छ । पहिले एकदमै आजादी रहेको कार्कीले भनेकी थिइन् ।।

प्रधानमन्त्री कार्कीले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको औपचारिक शुभारम्भ गर्ने क्रममा राखेको अभिव्यक्तिको अहिले सबैले आलोचना गरिरकेका छन् ।

लैंगिक हिंसा विरुद्धको अभियान सुरु गर्ने क्रममा व्यक्त धारणा सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृतिको भएको मुस्लिम मोर्चाका अध्यक्ष मंसुरीको आरोप छ । आजपा सचिवालय सदस्य समेत रहेका मोर्चाका अध्यक्ष मंसुरीले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले सामाजिक सदभाव खल्बल्याउने भएकाले यसको म भत्र्सना गर्दै फिर्ता लिन अपिल गर्दछु ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x