बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण: ओलीसहित ९ जनालाई झिकाएर बयान लिन माग, अदालतमा निवेदन दर्ता

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

बिहीबार २८ जेठ २०८३

काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित ९ जनालाई झिकाएर बयान लिन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौंले दर्ता गरेको छ ।

आज कार्यालय समय सकिने बेला न्यायाधीशले उक्त निवेदन दर्ता गर्ने निर्णय लिएका हुन् ।

बहसका क्रममा जाहेरवालातर्फका वकिलले एमाले अध्यक्ष ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उनकी पत्नी नैनकला थापा, पूर्वमेयर विद्यासुन्दर शाक्य, अजयक्रान्ति शाक्य, कांग्रेस नेतृहरु आरजु राणा र मञ्जु खाणलाई पक्राउ गरेर बयान लिन माग गरेका थिए ।

उक्त मागमा प्रतिवादीतर्फका वकिलहरूले आपत्ति जनाएपछि इजलासमा केहीबेर तनावसमेत भएको थियो ।

सोही क्रममा जाहेरीकर्ताहरूको तर्फबाट रामकुमार रेग्मीले लिखित निवेदन दिएका थिए । निवेदनमा उल्लेखित व्यक्तिहरूले रकम बुझेको यथेष्ट प्रमाण अदालतमा पेश भइसकेको दाबी गरिएको छ । उनीहरूलाई झिकाएर बकपत्र गराउनसमेत माग गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि नै पूर्वमन्त्री, सचिवसहितका उच्च पदस्थ व्यक्तिहरू पुर्पक्षका लागि थुनामा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x