महासंघ एशोसियट्स चुनावमा १७ सदस्य कार्यकारिणीमा निर्वाचित

बुधबार २३ बैशाख २०८३
काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट्सतर्फ कार्यकारिणी सदस्य चयनमा कडा प्रतिस्पर्धाबीच १७ जना उम्मेदवार निर्वाचित भएका छन्।
कुल ३३ जना प्रतिस्पर्धीमध्ये सर्वाधिक मत ल्याउने आधारमा १७ जनालाई कार्यकारिणी सदस्यमा चयन गरिएको हो। यस निर्वाचनमा सचिन ढकालले १३९८ मतसहित स्पष्ट अग्रता कायम गर्दै शीर्ष स्थान हासिल गरेका छन्।
उनलाई पछ्याउँदै हेमन्त गोल्छा (१२०२), अम्बिका प्रसाद पौडेल (११९३), उज्ज्वल कुमार श्रेष्ठ (११५६), शक्ति कुमार बेगानी (११४२) र ऋषि अग्रवाल (११२२) रहेका छन्।
त्यस्तै, सुशील थापा (१०९४), राजेश कुमार अग्रवाल (१०८२), सुयस प्याकुरेल (१०६९) र रामशरण भण्डारी (१०४३) पनि निर्वाचित भएका छन्।
यसैगरी बाबु काजी कार्की (१००६), दिवश न्यौपाने (९९१), कृष्ण लाल महर्जन (९८४), शिवराज रेग्मी (९५४), ईश्वर बहादुर जिसी (९४९), सुरज उप्रेती (९०७) र बबु लामिछाने (८६०) पनि कार्यकारिणी सदस्यमा चयन भएका छन्।
यो नतिजासँगै महासंघको एशोसियट्स समूहको नयाँ नेतृत्व संरचना तय भएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE