शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपालसङ्गको खेलमा आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौं / पहिलो टी-२० खेलमा आयरल्यान्डको ‘ए’ क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले सहज जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।

योसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ। जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रनमा नट आउट रहे। दीपेन्द्रसिंह ऐरी १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे।

ओपनर आसिफ शेख ११ बलमा २ चौका र १ छक्कासहित १६ रनमा, कप्तान रोहित पौडेल शून्य र गुलशन झा ४ रनमा आउट भए। व्यक्तिगत २ रनमा जीवनदान पाएका सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाए।

उनले चौथो विकेटका लागि सन्दीप र कुशल भुर्तेलले ५० बलमा ५४ रनको साझेदारी गरेका थिए। आयरल्यान्डका ग्यारेथ डेलानीले २, बेन ह्वाइट र थोमस मेयसले १र१ विकेट लिए। त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड १२१ रनमा अलआउट भयो।

आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सबैभन्दा बढी ४६ रन जोडे। कुशल भुर्तेलको बलमा क्याच भएका उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनीबाहेक आयरल्यान्डका शीर्ष आठ मध्ये ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x