सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

मतदानको समयमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

बुधबार २० फागुन २०८२
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीका सन्दर्भमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। भोलि देशभर हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बुधबार गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय गरेको हो।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा निर्वाचनको समग्र सुरक्षा तयारी र समसामयिक अवस्थाबारे विस्तृत छलफल भएको गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिइन्।
उनका अनुसार मतदान अवधिभर सम्भावित जोखिम न्यूनीकरणका लागि आकाशीय निगरानीमार्फत सुरक्षा सुदृढ गरिनेछ। पेट्रोलिङ र आपतकालीन प्रयोजनका लागि हेलिकप्टर स्ट्याण्डबाई राख्ने निर्णयसमेत गरिएको छ।
केन्द्रीय सुरक्षा समितिले भोलि हुने निर्वाचनमा हालसम्म कुनै गम्भीर सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ। बैठकमा सुरक्षा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे ब्रिफिङ दिएका थिए। यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट छलफल गरी जिल्लागत सुरक्षा स्थितिबारे जानकारी लिएका थिए।
निर्वाचन अवधिमा कानुन विपरीत गतिविधि गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर कडाभन्दा कडा कारबाही गर्ने निर्णयसमेत गरिएको उपसचिव आचार्यले स्पष्ट पारिन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x