काठमाडौं निर्वाचन क्षेत्र न.८ बाट युवा नेता तामाङलाई सिफारिस

मङ्गलबार २२ पुस २०८२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले युवा नेता विशाल लामा तामाङलाई काठमाडौंको निर्वाचन क्षेत्र न.८ बाट उम्मेदवार सिफारिस गरेको छ । काठमाडौंको ८ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन स्थानीय पार्टी कमिटीहरूले उनलाई सिफारिस गरेका हुन् ।
साविक नेकपा (एस) निकट युवा संघ नेपालका केन्द्रिय उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज लामा उपत्यकामा सक्रिय नेता हुन ।
युवा आन्दोलनबाट राजनीतिमा अगाडि बढेका तामाङ एमालेबाट नेकपा एस हुँदै एकतामा सामेल भएर नेकपामा आवद्ध भएका हुन् ।
शहरी क्षेत्रमा युवा पुस्ताको नेतृत्वको माग भइरहेको भन्दै पुरानो पुस्ताका नेतालाई अभिभावक मान्दै चुनावमा होमिने नेता लामाले बताए । नेता लामा झलनाथ खनाल निकट हुन् ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE