जलबिरे र ढाडेमा फूलमालासहित भव्य स्वागत, पराजुली भावुक

आइतबार १८ माघ २०८२
सिन्धुपाल्चोक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका भरत प्रसाद पराजुलीले बलेफी गाउँपालिकाका मतदातासँगको भेटघाटलाई तीव्र बनाएका छन्।
उम्मेदवारी मनोनयनपछि सुरु भएको भेटघाट तथा चियापान कार्यक्रमअन्तर्गत बलेफी गाउँपालिकाका जलबिरे, ढाडे लगायतका विभिन्न स्थानमा दिनभर कार्यक्रम सम्पन्न भएको हो। भेटघाटका क्रममा देखिएको स्थानीयको उल्लेख्य सहभागिताले रास्वपाको उपस्थिति अन्य प्रतिस्पर्धीभन्दा मजबुत देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
ढाडेमा सयौँ स्थानीयले हातमा फूलमाला, खादा तथा घडासहित पराजुलीलाई भव्य स्वागत गरेका दृश्यहरू निकै रोचक र उत्साहजनक देखिन्थे। स्थानीयको आत्मीय स्वागतले उम्मेदवार पराजुली भावुक बनेका थिए।
स्थानीयसँग प्रत्यक्ष संवाद, जनताको समस्या सुन्ने र परिवर्तनको प्रतिबद्धता व्यक्त गर्ने क्रममा पराजुलीले जनताको भरोसाले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE