सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

वैरागी नेतृत्वको छानबिन समिति रास्वपाद्वारा अस्वीकार,समितिमा  स्वार्थको द्वन्द्वमा जेलिएको छ : स्वर्णिम वाग्ले

  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares
मङ्गलबार १० असार २०८२

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले छानबिन समितिलाई अस्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी आज पनि सदन बहिष्कार गरेका छन्।

सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेका हुन।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिमा नै स्वार्थको द्वन्द्वबाट जेलिएका पात्रहरु रहेको बताएका हुन्।

उनले भने, ‘शंकरदास वैरागी अहिलेको निगाह प्राप्त नेताहरुको ‘गुडबुक्स’मा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिन हुन्न भन्ने हाम्रो पाटीको मत छ,’ उनले थप भने, ‘उहाँ स्वयम सक्षम निकायहरुको रडारमा हुनुहुन्छ । उहाँले कसको छानविन गर्ने, गृहमन्त्री स्वयम संन्देहको घेरामा हुनुहुन्छ।’

हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x