राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको विस्तारित बैठक सम्पन्न

शुक्रबार १३ भदौ २०८२
जनकपुरधाम / राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष डा.राजीव झाले स्वदेशवादलाई वैकल्पिक राजनीतिक विचारधारा बनाउनुपर्नेमा जोड दिएका छन् ।
रामुपाको धनुषा जिल्ला समितिको विस्तारित बैठकमा सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष डा.झाले यस्तो धारणा राखेका हुन् ।
उनले माओवाद, माक्र्सवाद, लेनिनवाद जस्ता आयातित विचारधाराले नेपाललाई गरिबीको दलदलमा धकेलेको आरोप लगाउँदै स्वदेशी विचारधारा मात्र देशलाई धनी बनाउन र विश्व सामु चिनाउन सक्षम हुने धारणा राखे ।
त्यसैगरी पार्टीका प्रवक्ता रमण पाण्डेयले मधेशी, आदिवासी, जनजाति सबैलाई एकजुट हुन आग्रह गरे । साथै हिन्दी भाषालाई नेपाली सरह मान्यता दिनुपर्ने माग समेत गरे ।
रामुपाका जिल्ला अध्यक्ष राजेश चौधरीले पार्टीलाई आउँदो निर्वाचनमा वैकल्पिक शक्ति बनाउन आफु जिल्लाको अध्यक्षको हैसियतमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लामा दलित, मुस्लिम, महिला, आदिवासी, जनजाति लगायत सबै समुदायलाई समेट्दै सम्मान दिलाउने प्रतिबद्धता जनाए ।
अनुशासन समितिका अध्यक्ष संजय सिंहले कुनै पनि संगठनको सफलताका लागि अनुशासन अपरिहार्य हुने बताउँदै मधेश आन्दोलनका शहीदलाई सम्मान गर्नु पर्ने बताए ।
केन्द्रीय सचिव संजय चौधरीले नेपालको राज्यसत्ता अहिलेसम्म एकल चरित्रको भएको उल्लेख गर्दै ३१ प्रतिशत मधेशी, ३८ प्रतिशत जनजाति र ३१ प्रतिशत खसआर्यको जनसंख्याको आधारमा सहभागिता सुनिश्चित गर्दै राज्यलाई समावेशी बनाउनुपर्नेमा जोड दिए ।
स्वागत मन्तव्य जिससको पूर्व उपसभापति दीपक झाले राखेका थिए । बैठकलाई निष्कर्षमा पु¥याउँदै जिल्लाको आगामी राजनीतिक अभियानलाई प्रभावकारी बनाउन व्यापक एकता र संगठन विस्तार गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा राम जीवन साह, विजय यादव, विजय राय, सरगुन पासमान, शिव शंंकर राउत लागायतले मन्तव्य राखेका थिए ।
धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं धनुषा जिल्ला प्रभारी डा. राजीव झाको विशेष उपस्थिति रहेको थियो ।
बैठकमा केन्द्रीय सचिव संजय चौधरी, अनुशासन समितिका अध्यक्ष संजय सिंह, प्रवक्ता रमण पाण्डे, विजय यादव, राम जीवन साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
बैठकले जिल्ला कार्यसमिति लाई हाललाई ५१ सदस्यीय बनाउँदै विस्तार गर्ने निर्णय गरेको छ। साथै, युवा समिति जिल्ला संयोजकमा किशन साहलाई मनोनयन गरिएको छ।
एक साताभित्र जिल्लाको पदाधिकारीलाई पूर्णता दिन र सो प्रक्रियामा जिल्लास्थित केन्द्रीय कार्यकारिणी सदस्यहरूको सल्लाहमा एक सप्ताहभित्र मनोनयन गर्ने जिल्ला अध्यक्ष राजेश चौधरी राजुलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE