शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

एनपीएलको फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

  • 145
  •  
  •  
  •  
  •  
  •  
  •  
    145
    Shares

बुधबार ३ पुस २०८१

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो। आजको खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउने छ।

दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्। दोस्रो क्वालिफायर्स खेल बिहीबार हुनेछ। फाइनल खेल शनिबार हुनेछ। पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ।

Source news of Nepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x