जिबी आग्रीले निर्देशन गर्ने फिल्मको थिम पोस्टर रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमिमा कथा रहेको संकेत गरेको छ। दुई बलिया घोडा दौडाएर दुई व्यक्ति आमनेसामने भएको पोस्टरमा देखाइएको छ। बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहेको अवस्थामा छ, यो युद्धको संकेत हो।
उठ, लड र जित भन्ने फिल्मको स्लोगनले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ। लक्षरा फिल्म्स्को ब्यानरमा कृष्ण बिके, बिआर रेड्डी र सन्तोष लुहारले निर्माण गर्ने फिल्ममा कथा कृष्ण बिके र जिबी आग्री, डिरेक्टर अफ फोटोग्राफी शरण ऋषिको रहनेछ। हिन्दी र नेपाली भाषामा निर्माण हुने फिल्ममा रम्भा देवी र लक्ष्मण बिके सह–निर्माता तथा संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माता रहने छन्।
निर्माण समूहले फिल्मका लागि कास्टिङ कल गरेको छ। निर्माण समूहले नया“ अनुहारको आवश्यकता परेको भन्दै कास्टिङ कल गरेको हो।







WRITE COMMENTS FOR THIS ARTICLE