बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

चीनमा भेटियाे कोरोनाको नयाँ भाइरस

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

सोमबार १२ फागुन २०८१

बेइजिङ । आज पनि कोरोना भाइरसको नाम सुनेपछि मानिसहरु डराउँछन् र त्यो डरलाग्दो दृश्य सम्झन्छन, जब यो भाइरसका कारण मानिसहरु लामो समयसम्म घरभित्रै थुनिनु परेको थियो । धेरैले आफ्ना प्रियजन पनि गुमाउनु परेको थियो ।

कोरोना भाइरसको घाउ अझै निको भएको छैन तर चिनियाँ वैज्ञानिकहरूको टोलीले चमेरोमा नयाँ कोरोनाभाइरस एचकेयू–५ सीओवी–२ पत्ता लगाएको जनाएका छन, जसले मानिसलाई संक्रमित गर्न सक्छ।

चिनियाँ भाइरस वैज्ञानिकहरूको टोलीले चमेरोमा फेला परेको नयाँ कोरोना भाइरस मानिसमा पनि सर्ने खतरा रहेको पत्ता लगाएको हो । यो अध्ययनको नेतृत्व  ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजी’ (डब्ल्यूआईभी) का चिनियाँ भाइरोलोजिस्ट शि झेंगलीले गरेका थिए। तपाईलाई भनौं कि कोभिड– १९ कथित रूपमा (डब्ल्यूआईभी) मार्फत फैलिएको दाबी गरिएको छ ।

भाइरस एचकेयू–५ सीओवी–२ कोरोनाभाइरसको नयाँ रूप हो, जुन पहिलो पटक हङकङमा जापानी पिपिस्ट्रेल ब्याट्समा पहिचान गरिएको थियो।हङकङस्थित ‘साउथ चाइना मर्निङ पोस्ट’को समाचार अनुसार यो नयाँ भाइरस  ‘मेर्बेको भाइरस’ उपप्रकारबाट आएको हो, जसमा ‘मिडल इस्ट रेस्पिरेटरी’ सिन्ड्रोम (मर्स) हुने भाइरस पनि समावेश छ।

सेल जर्नलमा प्रकाशित एक अध्ययनमा सीको नेतृत्वमा रहेको टोलीले लेखेको छ, ‘हामीले एचकेयू–५ सीओवी–२  को फरक वंश लाइनेज दुइ, जेनावलोजी पहिचान गरेका छौं, जुन चमेरा र मानिसमा मात्रै नभई एउटै उत्पत्तिको एउटै आनुवंशिक विशेषता भएका विभिन्न स्तनधारी प्राणीहरूमा पनि फैलिन सक्छ।’

अन्वेषकहरूले पत्ता लगाए कि जब भाइरसलाई चमेरो नमूनाहरूबाट अलग गरिएको थियो, यसले मानव कोशिकाहरूका साथै कृत्रिम रूपमा बढेको कोशिका वा तन्तुहरूको सानो समूहलाई पनि संक्रमित गरेको देखिएको थियो ।

न्यूज वीकमा प्रकाशित रिपोर्टका अनुसार यो नयाँ भाइरसले मानिसको एसीइ दुइ रिसेप्टरसँग राम्रोसँग बाँध्ने क्षमता राखेको छ। प्रयोगशालामा गरिएको परीक्षणमा यो भाइरसले मानव कोशिका र अंगहरूमा संक्रमण फैलाउन सफल भएकाले यसको खतरनाक हुने सम्भावना झनै बढेको जनाइएको छ ।

एचकेयू–५ सीओवी–२ को खोजले यो तथ्यलाई अझ बलियो बनाउँछ कि चमेरोमा पाइने कोरोना भाइरसहरूमा नजर राख्नु धेरै महत्त्वपूर्ण छ किनभने तिनीहरू भविष्यमा मानिसका लागि ठूलो खतरा बन्न सक्छन् ।

हाल एचकेयू–५ सीओवी–२ भाइरसले तत्काल कुनै खतरा निम्त्याउने वा नदिने भन्ने स्पष्ट भनिएको छैन तर भविष्यमा यस्ता महामारीबाट बच्न हामी सतर्क रहनुपर्ने र तयार रहनुपर्ने वैज्ञानिकहरू बताएका छन । यसमाथी, थप अनुसन्धान भइरहेको छ ।

चीनले कोभिड–१९ कुनै प्रयोगशालाबाट लीक भएको अन्यको दाबी र आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ तर वुहान भाइरस इन्स्टिच्युटमा भने अझै अनुसन्धान भइरहेको जनाइएको छ । स्रोत न्युज अफ नेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x