शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

मलेसियाविरुद्ध नेपालको शानदार जित

Spread the love
काठमाडौ / नेपाल र मलेसियाबिच भएको पाँच खेलको द्विपक्षीय टी–२० सिरिजको उपाधि नेपालले जितेको छ।

मलेसियालाई ५ विकेटले पराजय गर्दै नेपालले सिरिज हात पारेको हो। बुधबार मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा लक्ष्य पूरा गर्‍यो। नेपालका लागि रुबि पोदारले २६ तथा पूजा महतोले २३ रन बनाए।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघामले ४० रन बनाए।

नेपालका लागि कविता कुँवर र राजमती ऐरीले ३–३ विकेट लिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x