शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आज पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्दै पुर्व राष्ट्रपति भण्डारी

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

शुक्रबार ९ साउन २०८२

एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले काउन्टरको तयारी गरेकी छिन् । उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

भण्डारीले अपराह्न ३ बजे पत्रकार सम्मेलन राखेकी छिन् । सोही सम्मेलनबाट आफ्नो आगामी कदमबारे थप प्रस्ट पार्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । भण्डारीनिकट एक नेताले शुक्रबारको पत्रकार सम्मेलनमा धेरै विषय स्पष्ट हुने बताए । भण्डारीले पछि नहट्ने अडान कायम राखेको उनको भनाइ छ ।

गत मंगलबार मध्यराति एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो । तर, त्यसै दिन दिउँसो सीमित पत्रकारहरूसँगको भेटमा भण्डारीले आफू राजनीतिमा अगाडि बढिसकेकाले पछि नहट्ने जनाउ दिएकी थिइन् । एमाले केन्द्रीय कमिटीले गरेको निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा नेता कर्ण थापाले असहमति राखेका थिए । नयाँपत्रीकाबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x