बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

दुई दिनमै प्रतितोला ९ हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

आइतबार ३ जेठ २०८३
काठमाडौँ । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । पछिल्ला दुई दिनमा मात्रै सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार ४ हजार रुपैयाँ र आइतबार थप ४ हजार ५ सय रुपैयाँ घटेसँगै दुई दिनमै सुनको भाउ उल्लेख्य रूपमा ओरालो लागेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यो अघिल्लो कारोबार मूल्यभन्दा प्रतितोला ३ सय ३० रुपैयाँ कम हो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ५ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x