बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया सुरु, १३ देशका लागि आवेदन आह्वान

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको छ। परराष्ट्र मन्त्रालय ले ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतसहित विभिन्न १३ देशका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
मन्त्रालयका अनुसार इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र दरखास्त पेश गर्न सक्नेछन्। राजदूत नियुक्तिका लागि १५ वटा न्यूनतम योग्यता र मापदण्ड निर्धारण गरिएको छ।
कार्यविधिअनुसार आवेदक कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ। साथै नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय वा बहुपक्षीय कूटनीतिमा अनुभव हासिल गरेका तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले राजदूत नियुक्तिका लागि कडा नैतिक तथा कानुनी मापदण्डसमेत तय गरेको छ। सरकारी सेवाबाट बर्खास्त भएका, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिएका वा कुनै विदेशी मुलुकको पीआर, ग्रीनकार्ड तथा स्थायी वा अस्थायी बसोबास सुविधा लिएका व्यक्तिहरू आवेदनका लागि अयोग्य हुनेछन्।
त्यसैगरी भ्रष्टाचार वा नैतिक पतनसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भएका, नेपाल सरकार वा अन्तर्राष्ट्रिय निकायको कालोसूचीमा परेका तथा प्रस्तावित पदस्थापनास्थलसँग स्वार्थ बाझिने अवस्था भएका व्यक्तिले पनि आवेदन दिन पाउने छैनन्।
अन्तर्राष्ट्रिय वा विदेशी सहयोगप्राप्त गैरसरकारी संस्थामा हाल कार्यरत व्यक्तिलाई समेत आवेदन प्रक्रियामा बन्देज लगाइएको छ। विदेशी राज्यबाट पारिश्रमिक पाउने पदमा कार्यरत रहेको व्यक्तिको हकमा त्यस्तो जिम्मेवारी त्यागेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने प्रावधान राखिएको छ।
राजदूत पदका लागि कूटनीतिक तथा कन्सुलर सम्बन्धसम्बन्धी Vienna Convention on Diplomatic Relations तथा अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासबारे पर्याप्त ज्ञान आवश्यक पर्ने उल्लेख गरिएको छ।
साथै अंग्रेजी भाषामा उत्कृष्ट दखल हुनुका साथै सम्बन्धित देश वा संस्थासँग जोडिएका विषयमा राम्रो ज्ञान भएको र सम्बन्धित देशको आधिकारिक भाषा बुझ्न सक्ने उम्मेदवारलाई थप योग्य मानिने मन्त्रालयले जनाएको छ।
खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति प्रक्रिया सुरु गरिनुलाई नेपालको कूटनीतिक क्षेत्रमा पारदर्शिता, व्यावसायिकता र दक्षतामा आधारित नियुक्तिको नयाँ अभ्यासका रूपमा हेरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x