एमाले सचिवालय बैठक आज पनि, ४ उपाध्यक्षले मागे ओलीको राजीनामा

शनिबार ९ जेठ २०८३
काठमाडौं / नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान १:३० बजे सुरु हुनेछ।
पार्टीको समग्र अवस्था र आगामी निर्वाचन रणनीतिबारे छलफल हुने सचिवालयले जनाएको छ।
उपमहासचिव लेखराज भट्टका अनुसार शुक्रबारको बैठकमा ५ जना उपाध्यक्षमध्य ४ जनाले अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने धारणा राखेका छन्। ओली निवासमै बसेको बैठकमा विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ रघुजी पन्तले ओलीको राजीनामा माग गरेका हुन्।
हिजोको बैठकमा उपाध्यक्ष रामबहादुर थापाले भने नेतृत्वको बचाउ गर्नुपर्ने तर्क राखेका थिए।
नेतृत्व छाड्ने मागबारे ओलीले भने कुनै पनि हालतमा पद नछाड्ने बताउँदै आएका छन्।
आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची रहेको पार्टी स्रोतले जनाएको छ। बैठकमा नेताहरूको कार्यविभाजन लगायतका प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE