शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बहुविवाहजस्ता कुनैपनि विधेयक सदनमा पेश हुँदैन : कानूनमन्त्री चौरसिया (भिडियो सहित)

  • 82
  •  
  •  
  •  
  •  
  •  
  •  
    82
    Shares

बुधबार २१ साउन २०८२

काठमाडौं / कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहजस्ता कुनैपनि विधेयक सदनमा पेश नहुने स्पष्ट पारेका छन् । मन्त्री चौरसियाले बहुविवाह भनेको समाजलाई असर पार्ने विषय भएकोले यस्तो विद्येयक सम्मानित सदनमा पेश नहुने जिकिर गरेका हुन् ।

आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सदनमा पेस नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ अहिले बहुविवाहको विषयले सडकदेखि सदनसम्म तातेको छ । महिला सांसदहरुले यो विषय गम्भीरताका साथ उठाएका छन् ।

स्रोत :नेपाल रिपोर्टस

यो भिडियो हेर्नुस् :

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x