काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक थापा मगरको चुनावी अभियान तीव्र

शुक्रबार ८ फागुन २०८२
काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. २ का लागि स्वतन्त्र उम्मेदवार तिलक थापा मगरले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउनुभएको छ। उहाँले ‘भ्रष्टाचार विरुद्धको अभियान’ र ‘स्वदेशमै रोजगारी’ लाई मुख्य एजेन्डा बनाएर जनताका माझ पुगिरहनुभएको छ।
आज शान्तिनगर सुकुम्बासी बस्तीदेखि गौशालासम्म्को घरदैलोमा पुग्दै मगरले देशको वर्तमान राजनीतिक र आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आम जनताको हितका लागि आफू सदनमा पुग्न चाहेको बताउनुभएको छ। उहाँले विशेषगरी सुकुम्वासी समस्या, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरूको समाधानमा आफ्नो प्रतिबद्धता रहने उल्लेख गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, “नेपालका युवाहरूमा धेरै सम्भावना छ, तर गलत नीतिका कारण उनीहरू विदेशिन बाध्य छन्। हामी स्वदेशमै उद्योगधन्दाको विकास गरी रोजगारीका अवसरहरू सिर्जना गर्न चाहन्छौँ।”
आफ्नो चुनाव चिह्न ‘मोबाइल’ मा मतदान गर्न आग्रह गर्दै उहाँले यस पटक राष्ट्रघाती र ठगहरूलाई नभई जनताको पक्षमा उभिने प्रतिनिधि रोज्न मतदाताहरूलाई अपिल गर्नुभएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE